उद्घाटन हुँदै शिक्षक संगठनको नयाँ भवन, परिषद भाद्र १ र २ गते

उद्घाटन हुँदै शिक्षक संगठनको नयाँ भवन, परिषद भाद्र १ र २ गते

२०८१, श्रावण ३२ शुक्रवार

  • 1.2K
    SHARES

  • उद्घाटन हुँदै शिक्षक संगठनको नयाँ भवन, परिषद भाद्र १ र २ गते

    ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठनको नवनिर्मित शिक्षक भवन उद्घाटन हुने भएको छ । 

    वि.सं. २०३६ सालमा स्थापित देशकै जेठो र शिक्षक आन्दोलनको अग्रज संस्थाको तिनतले आकर्षक भवन उद्घाटन हुने भएको हो । 

    55.jpg

    संगठनका निवर्तमान अध्यक्ष लक्ष्मण शर्माको पालामा शुरुवात भई निर्माणाधिन रहेको भवन हाल आएर सम्पन्न भएको हो । भवन निर्माण लागत झण्डैं सवा २ करोड पुगेको संगठनका वर्तमान राष्ट्रिय अध्यक्ष विष्णु भण्डारीले बताए । 

    निर्माण सम्पन्न भएसँगै संगठनको राष्ट्रिय समितिको सातौं पूर्ण बैठक सम्पन्न भएको छ । यस अघि बैठक बस्न समेत हलको समस्या रहेको संगठनका महासचिव हंश बहादुर शाहीले बताए । 

    31.jpg

    श्रावण ३० र ३१ गते बसेको बैठकले आगामी राष्ट्रिय परिषदका एजेण्डा लगायत समसामयिक विषयमा छलफल गरेको छ । राष्ट्रिय परिषद भोलि र पर्सी अर्थात भाद्र १ र २ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यतामा कार्की बैंक्वेट बबरमहलमा हुने महासचिव शाहीले जनाए ।

    परिषदले शिक्षक आन्दोलनका हालसम्मका प्राप्ति, १७ औं प्रकारका शिक्षकका समस्या र थप संघर्षका कार्यक्रम, शिक्षक महासंघको महाधिवेशन, शिक्षा ऐन लगायतका विषयमा घनिभुत छलफल गर्नुका साथै आगामी १४ औं महाधिवेशको मिति समेत तोक्ने बताइएको छ । 

    22.jfif

    परिषदमा देशैभरका करिव ५ सय शिक्षक शिक्षिकाहरु सहभागी हुँदैछन् ।

    २०८१, श्रावण ३२ शुक्रवार०५:३४:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार