माघ ७, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट हालसम्म १ हजार ९७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४५ जनामा संक्रमण पुष्टि भएको छ । हालदेशभर आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना उपचाररत छन् ।