आज यी प्रदेशमा भारी वर्षाको सम्भावना 

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना 

२०८१, भाद्र १ शनिवार

  • 669
    SHARES

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना 

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ।

    हाल बागमती र गण्डकी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ भने बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।

    बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शनिबार दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

    २०८१, भाद्र १ शनिवार०७:४२:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार