परराष्ट्र मन्त्री आरजु आज भारत भ्रमणमा जाँदै 

परराष्ट्र मन्त्री आरजु आज भारत भ्रमणमा जाँदै 

२०८१, भाद्र २ आइतवार

  • 685
    SHARES

  • परराष्ट्र मन्त्री आरजु आज भारत भ्रमणमा जाँदै 

    काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

    उहाँका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ ।

    भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्नुहुने जनाइएको छ ।

    दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

    मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    २०८१, भाद्र २ आइतवार०८:५८:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार