भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने, कूल ९४१ मेगावाट निर्यात

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने, कूल ९४१ मेगावाट निर्यात

२०८१, भाद्र ३ सोमवार

  • 801
    SHARES

  • भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने, कूल ९४१ मेगावाट निर्यात

    काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 

    भारतीय दूतावासका अनुसार यो स्वीकृतिसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ । नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुगेको छ । 

    यसअघि सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । 

    अर्थात, प्राधिकरणले १६ आयोजनाबाट ६ सय ९० मेगावाट विजुली भारततर्फ निर्यात गर्दै आएकोमा १२ आयोजनाको २ सय ५१ थप भएर ४८ आयोजनाबाट कूल ९ सय ४१ मेगावाट भारत निकासी गर्ने भएको छ । 

    २०८१, भाद्र ३ सोमवार०३:४४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार