टिकटकले नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएसँगै प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको निर्देशन 

टिकटकले नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएसँगै प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको निर्देशन 

२०८१, भाद्र ४ मंगलवार

  • 849
    SHARES

  • टिकटकले नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएसँगै प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको निर्देशन 

    काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले नेपालको कानून तथा नीतिरनियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेको छ । 

    टिकटकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीतिरनियम पालना गर्ने प्रतिबद्धता जनाएको हो । पत्रमा टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले हस्ताक्षर गरेका छन् ।

    यस सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएका छन् । नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको थियो । 

    पछिल्लो प्रतिबद्धतासँगै सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ । पत्रपछि टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा मन्त्रालयले छलफल सुरु गरेको छ ।

    २०८० मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गर्दै सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । कार्यविधिअनुसार नेपालमा कुनै पनि सामाजिक सञ्जाल चलाउनका लागि मन्त्रालयमा सूचीकरण हुनु पहिलो सर्त हो ।

    २०८१, भाद्र ४ मंगलवार०१:४४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार