रास्वपा केन्द्रीय समिति बैठक आज

रास्वपा केन्द्रीय समिति बैठक आज

२०८१, भाद्र ५ बुधवार

  • 841
    SHARES

  • रास्वपा केन्द्रीय समिति बैठक आज

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने बताइएको छ ।

    बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

    संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।

    २०८१, भाद्र ५ बुधवार०९:२५:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार