प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‌ओलीसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‌ओलीसँग प्रश्नोत्तर हुने

२०८१, भाद्र ६ बिहिवार

  • 1.0K
    SHARES

  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‌ओलीसँग प्रश्नोत्तर हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्नेछ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने संसद सचिवालयले जनाएको छ।

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।

    यसैगरी, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

    सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने संसद सचिवालयले जनाएको छ।

    धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ।

    उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

    मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

    यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

    २०८१, भाद्र ६ बिहिवार०८:४२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार