मनाङमा ४.२ रेक्टरस्केलको भूकम्पको धक्का

मनाङमा ४.२ रेक्टरस्केलको भूकम्पको धक्का

२०८१, भाद्र १५ शनिवार

  • 781
    SHARES

  • मनाङमा ४.२ रेक्टरस्केलको भूकम्पको धक्का

    काठमाडौं । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार शनिबार बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

    यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

    नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

    २०८१, भाद्र १५ शनिवार०८:४८:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार