काठमाडौं उपत्यकाका सबैजसो खोला तथा नदी किनारका बस्तीमा बाढीको वितण्डा

काठमाडौं उपत्यकाका सबैजसो खोला तथा नदी किनारका बस्तीमा बाढीको वितण्डा

२०८१, आश्विन १२ शनिवार

  • 633
    SHARES

  • काठमाडौं उपत्यकाका सबैजसो खोला तथा नदी किनारका बस्तीमा बाढीको वितण्डा

    काठमाडौं । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ ।

    प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । 

    लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किनारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । 

    विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ ।

    भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । 

    उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको छ । -रासस

    २०८१, आश्विन १२ शनिवार१०:००:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार