एकतर्फी सञ्चालनमा आयो दाउन्नेमा अवरुद्ध सडक

एकतर्फी सञ्चालनमा आयो दाउन्नेमा अवरुद्ध सडक

२०८१, आश्विन १५ मंगलवार

  • 585
    SHARES

  • एकतर्फी सञ्चालनमा आयो दाउन्नेमा अवरुद्ध सडक

    दाङ । पूर्व-पश्चिम लोकमार्ग अन्तर्रगत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु भएको छ ।

    सडक भासिँदा हिजोदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

    रातभर दुई वटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुईतर्फी सडक सुचारु गराउनको लागि पहिरो सोर्ने काम भइरहेको जनाइएको छ ।

    बर्दघाट- ४ दाउन्ने जंगलस्थित खुर्सानीखोलामा सडकमाथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने ३ मिटर सडक भासिएको थियो । अहिले सवारी साधनको दुवैतर्फ लामो लाइन छ।

    पहिले यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।

    २०८१, आश्विन १५ मंगलवार०९:२४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार