बाढीपहिरो र डुबानमा परी देशभर दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी देशभर दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

२०८१, आश्विन १५ मंगलवार

  • 565
    SHARES

  • बाढीपहिरो र डुबानमा परी देशभर दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

    काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

    प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

    बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

    बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

    २०८१, आश्विन १५ मंगलवार०९:३१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार