इरानको आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको आदेश

इरानको आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको आदेश

२०८१, आश्विन १६ बुधवार

  • 681
    SHARES

  • इरानको आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको आदेश

    काठमाडौँ । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई जोगाउन अमेरिकी सेनालाई आदेश दिएका छन्।

    इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न बाइडेनले अमेरिकी सेनालाई आदेश दिएका हुन्।

    राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेका ह्वाइट हाउसले जनाएको छ।

    इरानले इजरायलमा मंगलबार राति १० बजे मिसायल प्रहार गरेको इजरायली सेनाले पुष्टी गरेको थियो।

    इरानले इजरायलमा आक्रमणको तयारी गरेको सूचना अमेरिकाले सार्वजानिक गरेको थियो। इरानको उक्त तयारीलगतै अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा त्यसको परिणाम गम्भिर हुने बताएको थियो। -एजेन्सी । 

    २०८१, आश्विन १६ बुधवार०९:२९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार