मौसमः कोशी प्रदेशका केही स्थानमा हल्का बर्षाको संभावना

मौसमः कोशी प्रदेशका केही स्थानमा हल्का बर्षाको संभावना

२०८१, आश्विन १९ शनिवार

  • 673
    SHARES

  • मौसमः कोशी प्रदेशका केही स्थानमा हल्का बर्षाको संभावना

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै  छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    २०८१, आश्विन १९ शनिवार०९:२०:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार