नेपाल भारत मैत्री संघद्धारा काठमाडौंका दुई पालिकालाई राहत हस्तान्तरण

नेपाल भारत मैत्री संघद्धारा काठमाडौंका दुई पालिकालाई राहत हस्तान्तरण

२०८१, आश्विन २२ मंगलवार

  • 909
    SHARES

  • नेपाल भारत मैत्री संघद्धारा काठमाडौंका दुई पालिकालाई राहत हस्तान्तरण

    काठमाडौं । नेपाल भारत मैत्री संघ काठमाडौं शाखाले जिल्लाका बाढी पीडित प्रभावित दुई पालिकालाई राहत हस्तान्तरण गरेको छ । 

    संघले सोमवार जिल्लाका नागार्जुन र चन्द्रागिरी नगरपालिकामा पुगेर खाद्यान्न सामाग्री, व्लांकेट, स्वास्थ्य सामाग्री लगायतका अत्यावश्यक सामाग्रीलाई नगरप्रमूखहरु क्रमशः मोहन बहादुर बस्नेत र घनश्याम गिरीलाई हस्तान्तरण गरेको हो ।

    12.jpg

    जिल्ला अध्यक्ष जानुका कार्की गिरीको नेतृत्वमा गएको टोलीले नगरपालिका मार्फत पीडितलाई राहत हस्तान्तरण गरेको छ ।  सामाजिक सेवामा अग्रणी भुमिका निभाउँदै आएको संघले यस अघि काभ्रेपलाञ्चोक लगायतका जिल्लाका बाढीपीडितलाई सहयोग पुर्याएको थियो । 

    असोज ११ र १२ गते परेको मुसलधारे झरीले काठमाडौं लगायत देशैभर ठूलो धनजनको क्षति गरेको थियो भने झण्डैं ३ सयको ज्यान गएको छ । 

    21.jpg15.jpg16.jpg

    २०८१, आश्विन २२ मंगलवार०८:५७:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार