व्यवसायी बिच्क्याउँदै कुलमान, ऊर्जामन्त्रीको निर्देशनविपरीत काटे ४४ उद्योगको बिजुली

व्यवसायी बिच्क्याउँदै कुलमान, ऊर्जामन्त्रीको निर्देशनविपरीत काटे ४४ उद्योगको बिजुली

२०८१, कार्तिक ९ शुक्रवार

  • 693
    SHARES

  • व्यवसायी बिच्क्याउँदै कुलमान, ऊर्जामन्त्रीको निर्देशनविपरीत काटे ४४ उद्योगको बिजुली

    काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काको निर्देशनविपरीत नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका ४४ वटा उद्योगको बिजुली काटेको छ।

    कुलमानको निर्देशन बमोजिम बक्यौता नतिरेका ४४ वटा उद्योगको बिजुली विहिवार साँझ काटेको हो । 

    ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने प्राधिरणले गत असोज २४ गते सूचना प्रकाशित गरेको थियो।

    सूचना प्रकाशित गरेपछि ५ वटा उद्योगले पैसा तिर्न सुरु गरे पनि अझै ४४ उद्योगले पैसा तिर्न आनाकानी गरेकाले विद्युत काटेको प्राधिकरणले जनाएको छ । 

    डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार नारायण रबर इन्डस्ट्री, हिमाल आइरन, सोना पोलिमर, सोना प्याकेजिङ, यशोदा फुड्स र जयदुर्गा प्लास्टिक उद्योगले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका छन्।

    मारुती र शिवम् सिमेन्टले अदालतबाट अन्तरिम आदेश पाएका कारण ती उद्योगमा बिजुली काटिएको छैन।

    बिहीबार बिहान विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्न निर्देशन दिएका थिए।

    उनले लाइन काट्दा उद्योगीहरुले करौडौंको क्षति व्यहोर्ने भन्दै वैकल्पिक उपाय खोज्नुपर्ने बताए पनि प्राधिकरणले ती पैसा तिर्न आनाकानी गरेका उद्योगहरूको बिजुली काटेको हो।

    बिजुली उपयोगको प्रष्ट बिल नदिने, मनलागी असुलेर प्राधिकरण नाफामा देखाउने कुलमानको रवैयाका कारण व्यवसाय नै छोड्नु पर्ने मनस्थितिमा आफुहरु पुगेको उद्योगीहरुले आक्रोशपूर्ण तरिकाले बताए । उनका कारण अत्यन्तै पिडा भएको छ । यो देशमा राज्य छ की छैन एकै स्वरमा उनीहरुको गुनासो छ ।  

    २०८१, कार्तिक ९ शुक्रवार१०:०३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार