रविलाई बयानका लागि आज रुपन्देहीमा उपस्थित गराईँदै 

रविलाई बयानका लागि आज रुपन्देहीमा उपस्थित गराईँदै 

२०८१, कार्तिक २७ मंगलवार

  • 657
    SHARES

  • रविलाई बयानका लागि आज रुपन्देहीमा उपस्थित गराईँदै 

    दाङ । सहकारीको रकम अपचलनको मुद्दाको बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार रूपन्देही ल्याइँदै छ ।

    सरकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासत छन् ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई आज भैरहवा ल्याउन लागिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जानकारी दिए ।

    रुपन्देही प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्वडिआईजी छविलाल जोशीसँग भैरहवामा बयान लिएर पोखरा पठाएको छ ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा कास्की प्रहरीमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको छ ।

    सुप्रिम सहकारीबाट लामिछानेको नाममा २ करोड रूपैयाँ गएको देखिन्छ ।

    २०८१, कार्तिक २७ मंगलवार१०:०३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार