१.६ प्रतिशतले बढ्यो मलेसियाको जनसंख्या

१.६ प्रतिशतले बढ्यो मलेसियाको जनसंख्या

२०८१, कार्तिक २९ बिहिवार

  • 665
    SHARES

  • १.६ प्रतिशतले बढ्यो मलेसियाको जनसंख्या

    एजेन्सी । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ ।

    सोही अवधिमा जन्मदरमा कमी आएपछि जनसंख्या वृद्धि दरमा पनि केही कमी आउन थालेको तथ्याङ्क मलेसिया विभागले जनाएको छ ।

    कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए । गत वर्षको १७.६ मिलियनमा पुरुषको संख्या बढेर १७.९ मिलियन पुगेको छ भने महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ ।

    तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमशः २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ ।

    तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ । जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको छ ।

    २०८१, कार्तिक २९ बिहिवार१०:३१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार