आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

२०८१, मंसिर ५ बुधवार

  • 581
    SHARES

  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

    यस्तै, बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुनेछ । 

    बुधबारकै लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित गरिएको छ। बैठकमा समितिमा प्राप्त विधेयकको प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको थियो । 

    २०८१, मंसिर ५ बुधवार११:१७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार