काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने गृहजिल्ला भ्रमणका लागि आज झापा जाने भएका छन् ।
जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जाने तयारी भएको हो ।
आज र भोलि झापामा आयोजना हुने कार्यक्रमहरुमा उनी सहभागी हुनेछन्। आजको मुख्य कार्यक्रम दमकमा निर्माण भएको विजनेश टावरको उद्घाटन रहेको छ।
आज दिउँसो १२ बजे ओलीले मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि साढे १ बजे दमक –३ स्थित नवनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ।
भोलिको पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानी उद्घाटन गर्ने रहेको छ ।
बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने समेत एमालेले जनाएको छ।