रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

२०८१, मंसिर २६ बुधवार

  • 589
    SHARES

  • रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

    पर्सा । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

    निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

    पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिनुभयो ।

    २०८१, मंसिर २६ बुधवार११:१९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार