नेपाल पत्रकार महासंघको निर्वाचन आज

नेपाल पत्रकार महासंघको निर्वाचन आज

२०८१, मंसिर २८ शुक्रवार

  • 649
    SHARES

  • नेपाल पत्रकार महासंघको निर्वाचन आज

    काठमाडौँ । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् । 

    यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । 

    आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ । 

    २०८१, मंसिर २८ शुक्रवार१०:२०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार