आज देशभरको मौसम सफा रहने, बिहानको तापक्रम ४.५ डिग्री सेल्सियस 

आज देशभरको मौसम सफा रहने, बिहानको तापक्रम ४.५ डिग्री सेल्सियस 

२०८१, मंसिर ३० आइतवार

  • 553
    SHARES

  • आज देशभरको मौसम सफा रहने, बिहानको तापक्रम ४.५ डिग्री सेल्सियस 

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।

    सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    यसैबीच, काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।

    २०८१, मंसिर ३० आइतवार०७:५९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार