राष्ट्रिय बिमा कम्पनीले २ आर्थिक वर्षको साधारण सभा गर्दै, सेयरधनीलाई छैन लाभांश

राष्ट्रिय बिमा कम्पनीले २ आर्थिक वर्षको साधारण सभा गर्दै, सेयरधनीलाई छैन लाभांश

२०८१, पौष १ सोमवार

  • 609
    SHARES

  • राष्ट्रिय बिमा कम्पनीले २ आर्थिक वर्षको साधारण सभा गर्दै, सेयरधनीलाई छैन लाभांश

    काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ को साधारण सभा बोलाएको छ । सभा पुस २४ गते अनमोल क्याटरिङ सर्भिस प्रालि, शंकमूल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । 

    सभामा आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७५ देखि २०७९ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

    बिमाले सञ्चालकहरुको बैठक भत्ता ६ हजार र पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार पुर्याउने प्रस्ताव पेश गर्नेछ । 

    सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

    २०८१, पौष १ सोमवार११:२१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार