एनपीएल : आज प्लेअफका दुई वटा खेल हुँदै

एनपीएल : आज प्लेअफका दुई वटा खेल हुँदै

२०८१, पौष ३ बुधवार

  • 633
    SHARES

  • एनपीएल : आज प्लेअफका दुई वटा खेल हुँदै

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज प्लेअफका दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

    पहिलो खेलमा बिहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो एलिमिनेटरको पहिलो खेल हो । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।

    यस्तै, आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् । शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।

    २०८१, पौष ३ बुधवार०९:०९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार