एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

२०८१, पौष ६ शनिवार

  • 685
    SHARES

  • एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

    काठमाडौँ, ६ पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

    दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

    २०८१, पौष ६ शनिवार०९:०४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार