एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

२०८१, पौष ७ आइतवार

  • 657
    SHARES

  • एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

    २०८१, पौष ७ आइतवार११:२१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार