संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

२०८१, पौष ८ सोमवार

  • 565
    SHARES

  • संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    ठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् ।

    आइतबार काठमाडौँमा नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर पालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताए। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए ।

    ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौँ, त्यसपछि अरु राजनीतिक दलहरूसँग संवाद गर्छौँ । किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन । माओवादी, मधेसका अरु दलहरूसँग संवाद गर्छौँ । दलहरूको बीचमा समझदारी बनाउँछौँ । न्यूनतम कुराहरू संशोधन गर्छौँ । संसद समावेशी छ, अझै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरू छन्, जुन कुरामा हामी संविधान संशोधन गर्ने कुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौँ तर सम्हालेर गर्छौँ ।’

    २०८१, पौष ८ सोमवार०९:०२:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार