हुम्ला सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जम्यो, स्थानीयबासी घरभित्रै

हुम्ला सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जम्यो, स्थानीयबासी घरभित्रै

२०८१, पौष १३ शनिवार

  • 625
    SHARES

  • हुम्ला सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जम्यो, स्थानीयबासी घरभित्रै

    सिमकोट । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

    शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए ।

    यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ । यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ ।

    शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ ।

    यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

    २०८१, पौष १३ शनिवार०९:५१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार