दक्षिण कोरियामा जहाज दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियामा जहाज दुर्घटना, २८ जनाको मृत्यु

२०८१, पौष १४ आइतवार

  • 741
    SHARES

  • दक्षिण कोरियामा जहाज दुर्घटना, २८ जनाको मृत्यु

    काठमाडौँ । दक्षिण कोरियामा एयपोर्टमै जहाज दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान जहाज दुर्घटनामा परेको हो। थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेको बताइएको छ।

    १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

    आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनाको कारण स्पष्ट नभए पनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । -एजेन्सी । 

    २०८१, पौष १४ आइतवार०८:५६:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार