काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश बुद्धनगर स्थानान्तरण भएको छ । साविक वागबजार होटल हार्दिकमा रहेको पुरानो कार्यालय स्थानान्तरण भई बुद्धनगर स्थित वागमती कोरिडोरमा रहेको हरिभवनमा स्थानान्तरण भएको हो ।
धोविखोला (रुद्रमती) - वागमती दोभानबाट च्यासल तर्फको वागमती कोरिडोर स्थित १०० मिटर अगाडी रहेको ५ तले भवनमा प्रदेश कार्यालय स्थानान्तरण भएको प्रदेश सचिव मिलन धरेलले जनाए ।
प्रदेश अन्तर्गतका ४ वटा जिल्ला कमिटी मध्ये पेशागत विशेष जिल्ला कमिटी र युवा विद्यार्थी विशेष जिल्ला कमिटी पनि सोही भवनबाट संचालन हुने उनले बताए ।