काठमाडौं । मदन भण्डारी बौद्धिक मञ्चको अध्यक्षमा डा. बाबुराम अधिकारी निर्वाचित भएका छन् । सोमवार काठमाडौंमा सम्पन्न प्रथम वार्षिक साधारण सभाले मदन भण्डारी क्याम्पसका क्याम्पस प्रमूख समेत रहेका डा. अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा पुण्य प्रसाद ढकाल निर्वाचित भएका छन् भने सचिवमा लक्ष्मण रायमाझी, सहसचिव द्धयमा लिला जिसी र नवराज पोखरेल, कोषाध्यक्षमा गुप्त बहादुर केसी निर्वाचित भएका छन् । सदस्यहरुमा भवानी दाहाल, डम्बरा अर्याल, धर्मराज मैनाली, राधा आचार्य, पुस्कर प्रसाईँ, डा मिना अधिकारी लगाएत निर्वाचित भएका छन् ।
स्वर्गिय जननेता मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त 'जनताको बहुदलिय जनवाद' लाई थप पृष्ठपोषण र समुन्नत गर्ने उद्धेश्यले गठन भएको मदन भण्डारी बौद्धिक मञ्चले सबै क्षेत्रका बौद्धिक प्रतिभाहरुलाई सदस्यको रुपमा विस्तार गर्न प्रमुख अतिथि समेत रहेकी मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारीले बताइन् ।
संस्था दर्ता हुनुपुर्व ठूलो संख्यामा रहेको मन्च २०८० चैत्रमा संस्था दर्ता पश्चात करिव १ सय जनाले मञ्चमा आफ्नो नाम समावेश गराएका छन् । सोही संख्याका विच साधारण सभा सम्पन्न गरिएको हो ।
सभामा निवर्तमान अध्यक्ष कुल बहादुर आचार्य र निवर्तमान कोषाध्यक्ष कवि प्रसाद पाठकले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका छन् ।
निवर्तमान अध्यक्ष नयाँ कार्यसमितिमा पदेन सदस्यका रुपमा बैठकमा उपस्थित हुने प्रावधान राखिएको छ ।