काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताएका छन्।
शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उनले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताए।
नेपालको भुगोललाई एकताबद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
संसद् कहिलेबाट सुरु हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले चाँडै अधिवेशन आह्वान हुने बताए।
उनले भने, ‘हामीले एकताका प्रतिकको रुपमा लिनुपर्छ। विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भुगोल हो यो। यो भुगोललाई एकताबद्ध गरी अरु प्रगति गरेर लैजानुपर्छ भन्नेकुरा सिक्नुपर्छ। सदन अब बेला भएको छ, चाँडै चल्छ।’