प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

२०८१, माघ १ मंगलवार

  • 597
    SHARES

  • प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । 

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन्।  “आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण (प्रवेश)गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,” शुभकामना सन्देशमा भनिएको छ, “आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना ११”

    २०८१, माघ १ मंगलवार१०:३४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार