सत्ताको हुटहुटीमा प्रचण्ड : बोलाए विपक्षी दलको बैठक

सत्ताको हुटहुटीमा प्रचण्ड : बोलाए विपक्षी दलको बैठक

२०८१, माघ २ बुधवार

  • 685
    SHARES

  • सत्ताको हुटहुटीमा प्रचण्ड : बोलाए विपक्षी दलको बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेचैन अवस्थामा देखिएका छन् ।

    प्रधानमन्त्रीबाट हटेको २ महिना चुपचाप जस्तै देखिए पनि त्यस यता कहिले विदेश पुगेर त कहिले स्वदेशमा बसेर सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेको निन्द्रा नराम्रो सँग विथोलिरहेका छन् । सोही कारण आज उनले विपक्षी दलको बैठक बोलाएका छन्।

    बैठक ९ बजेका लागि सिंहदरबारमा बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा समयसामयिक राजनीतिक विषय र अबको रणनीतिका विषयमा छलफल हुने जनाइए पनि सत्ता गठबन्धनलाई चर्को घेराबन्दी गर्ने गरि प्रचण्डले रयानीति बनाएका विपक्षी पार्टीका एक नेताले बताएका छन् ।

    प्रचण्डले बोलेपछि विदेशी शक्तिले कांग्रेस र एमालेलाई छिन्नभिन्न बनाउन सक्ने भएकाले आफुलाई सहज हुने आशाले अन्य पार्टी उनको बैठकमा सहभागी हुने गरेका अर्का एक नेताले जनाए । 

    प्रचण्डले केही समय अगाडी एक अन्तरवार्तामा आफ्नो सरकार भारतलाई समेत कम्फोर्टेवल हुने भन्दै एक विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही कारण हाल देश चौतर्फी रुपमा डर र त्रसिद अवस्थामा रहेको एक उच्च सरकारी कर्मचारीले जनाए । 

    २०८१, माघ २ बुधवार०९:५७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार