पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो 

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो 

२०८१, माघ २ बुधवार

  • 685
    SHARES

  • पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

    यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

    बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

    २०८१, माघ २ बुधवार०८:२५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार