सरकारको ढोक्सा थाप्दै प्रचण्ड, भन्छन् सरकार हाम्रो प्राथमिकता होइन

सरकारको ढोक्सा थाप्दै प्रचण्ड, भन्छन् सरकार हाम्रो प्राथमिकता होइन

२०८१, माघ ८ मंगलवार

  • 717
    SHARES

  • सरकारको ढोक्सा थाप्दै प्रचण्ड, भन्छन् सरकार हाम्रो प्राथमिकता होइन

    चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट हट्नु परेकोमा विछिप्त देखिएका छन् । यद्यपि माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको जनाएका छन् । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए । 

    अध्यक्ष दाहालले भने, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।”

    आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी गराए । 

    २०८१, माघ ८ मंगलवार१०:२१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार