आजको मौसम : केही प्रदेशमा आंशिक बदली

आजको मौसम : केही प्रदेशमा आंशिक बदली

२०८१, माघ १५ मंगलवार

  • 601
    SHARES

  • आजको मौसम : केही प्रदेशमा आंशिक बदली

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ। 

    काठमाडौँमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। हिजोको भन्दा आज तापक्रम केही बढेको हो। 

    २०८१, माघ १५ मंगलवार०८:१६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार