काठमाडौं । शिक्षक सेवा आयोग सदस्यमा नेपाल राष्ट्रिय शिक्षक संगठनका वर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारी सहित २३ को आवेदन परेको छ ।
मंगलवार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित सिफारिस समितिको बैठकले तोकिएको अवधि भित्र दर्ता हुन आएका दरखास्त उपर छानविन गरि शिक्षा ऐन २०२८ को दफा ११ (ग) बमोजिम निम्न २३ जनाको आवेदन स्विकृत गरिएको जनाएको छ ।
आयोगमा हाल रिक्त रहेको र रिक्त हुने पदमा एक महिला सहित दुईजना सदस्य नियुक्ति गर्ने प्रयोजनका लागि मन्त्रालयद्धारा गठित सिफारिस समितिले माघ १ गते पन्ध्र दिने म्याद राखी सूचना प्रकाशन गरेको थियो ।
आवेदकमा पुर्व सहसचिव केशव प्रसाद दाहाल सहित बबिता लाभ कायस्थ, खड्ग प्रसाद खरेल, चन्द्रप्रसाद मैनाली, शुकदेव सापकोटा, पवित्रा सुवेदी, दुर्गा प्रसाद अर्याल, डा रामचन्द्र पाण्डे, भगवती भण्डारी शर्मा, बिष्णु घिमिरे रिमाल, हिरामणी शर्मा, थानेश्वर गौतम, भवानी प्रसाद पन्त, यादव कुमार तिमल्सिना, चन्द्र नारायण यादब, डा मिन बहादुर शाही, विष्णु प्रसाद भण्डारी, युवराज सुवेदी, रामशरण सापकोटा, अर्जुन बहादुर रायमाझी, नपराज सापकोटा, टंक प्रसाद गौतम र डा. लाक्पा शेर्पा रहेका छन् ।