ट्रम्पको कर बढाउने आदेशविरुद्ध क्यानडाले पनि बढायो प्रतिरोधात्मक कर 

ट्रम्पको कर बढाउने आदेशविरुद्ध क्यानडाले पनि बढायो प्रतिरोधात्मक कर 

२०८१, माघ २० आइतवार

  • 657
    SHARES

  • ट्रम्पको कर बढाउने आदेशविरुद्ध क्यानडाले पनि बढायो प्रतिरोधात्मक कर 

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने बस्तुहरूमा भारीमात्रामा कर लगाउने घोषणा गरेपछि ती राष्ट्रले पनि प्रतिरोधात्मक रुपमा कर वृद्धि गर्ने घोषणा गरेका छन्।

    ट्रम्पले चीन, क्यानडा तथा मेक्सीकोविरुद्ध कर बढाउने आदेश मंगलबारबाट कार्यन्वयनमा आउने भएसँगै ती राष्ट्रले पनि प्रतिरोधात्मक रुपमा कर वृद्धि गर्ने बताएका हुन्।

    ट्रम्पले कर वृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै २ छिमेकी राष्ट्रसँगै चीनले पनि उसको यो निर्णयको विरोध गरेको छ। अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा २५% कर तथा चीनमाथि १०% कर लगाएपछि क्यानडा र मेक्सिकोले प्रतिरोधात्मक शुल्क घोषणा गरेका हुन्।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाबाट आयात हुने १५५ अर्ब क्यानेडियन डलर बराबरको सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरे। उनले प्रतिरोधात्मक रुपमा अमेरिकाबाट क्यानडा आयात हुने सामानमा कर लगाउने बताए।

    पत्रकार सम्मेलन गर्दै उनले ३० अर्ब डलर बराबरको शुल्क मंगलबारदेखि लागू हुने गरी कर लगाउने र अझै १२५ अर्ब डलर बराबरको शुल्क २१ दिनपछि लागू गरिने जानकारी दिए। तर उनले उल्लेख गरेको रकम क्यानडेली डलरमा हो वा अमेरिकी डलरमा भन्ने स्पष्ट गरिएको छैन।

    ट्रुडोले भने ‘आउँदो केही हप्ता क्यानडेली र अमेरिकी नागरिकका लागि कठिन हुने छन्, अमेरिकी व्यापारिक कदम र क्यानडाको जवाफी कारबाही दुवै देशका नागरिक र कामदारहरूका लागि गम्भीर प्रभाव पार्ने छ।’

    उनले थपे, ‘हामी यस्तो चाँहदैन थियौं। तर, क्यानडेली नागरिकहरूको पक्षमा उभिन र क्यानडा(अमेरिका साझेदारीको सफलतालाई जोगाउन हामी पछाडि हट्ने छैनौं।’

    त्यस्तै मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले पनि अमेरिकी वस्तुहरूमाथि कर लगायतका प्रतिरोधात्मक कदम चाल्ने बताइन्। ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशअनुसार क्यानडा, मेक्सिको र चीनमाथिको यी शुल्कहरू मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।

    ह्वाइट हाउसका अनुसार क्यानडाबाट आयात हुने ऊर्जासम्बन्धी सामग्रीमा भने कम अर्थात् १०% शुल्क लाग्ने छ। चीनको वाणिज्य मन्त्रालयले यी शुल्कहरूले चीन,अमेरिका तथा विश्वका कुनैपनि देशका लागि राम्रो नहुने बताए।

    २०८१, माघ २० आइतवार०९:०२:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार