पाथीभरा केबलकार विवादः सोमबारको वार्ता निष्कर्षविहिन

पाथीभरा केबलकार विवादः सोमबारको वार्ता निष्कर्षविहिन

२०८१, माघ २२ मंगलवार

  • 689
    SHARES

  • पाथीभरा केबलकार विवादः सोमबारको वार्ता निष्कर्षविहिन

    काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ।

    सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।

    मङ्गलबार बिहान ११ बजे पुनः वार्ता बस्ने गरी सोमबारको वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

    “आजको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मंगलबार ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने ।

    वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।

    २०८१, माघ २२ मंगलवार०५:४८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार