दिल्ली विधानसभाका लागि मतदान जारी, ७० सिटका लागि ६ सय ९९ जना चुनावी मैदानमा

दिल्ली विधानसभाका लागि मतदान जारी, ७० सिटका लागि ६ सय ९९ जना चुनावी मैदानमा

२०८१, माघ २३ बुधवार

  • 701
    SHARES

  • दिल्ली विधानसभाका लागि मतदान जारी, ७० सिटका लागि ६ सय ९९ जना चुनावी मैदानमा

    एजेन्सी । भारतको राजधानी रहेको दिल्लीमा आज विधानसभाको ७० सिटका लागि निर्वाचन भइरहेको छ।

    निर्वाचनमा ६ सय ९९ जना ७० सिटका लागि प्रतिस्पर्धामा छन्। यसअघि एकछत्र जित निकाल्दै आएको आम आदमी पार्टी (आप) र भारतीय जनता पार्टी (भाजपा) बिचनै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

    बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब १ करोड ५६ लाख मतदाता सहभागि हुने विश्वास गरिएको छ। भोटका लागि १३ हजार बुथहरु रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। लोकसभा निर्वाचनमा संयुक्त रुपमा लडेका ५ पार्टी जारी विधानसभामा छुट्टा छुट्टै रुपमा भिडेका छन्।

    चुनावमा आम आदमी र कांग्रेसले सबै ७० सिटमा उम्मेदवार उठाउँदा भाजपाले ६८ सिटमा उम्मेद्वारी दिएको छ। उसले २ सिट सहयोगि पार्टीलाई छाडेको छ। जसमा जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीलाई समान १-१ सिट छोडिदिएको हो।

    यसअघि आपले २०१५ मा ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो। विधानसभामा ३६ सिट ल्याएमा बहुमत हुन्छ।

    २०८१, माघ २३ बुधवार०९:३८:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार