नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा गुरागाईँ

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा गुरागाईँ

२०८१, माघ २७ आइतवार

  • 2.3K
    SHARES

  • नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा गुरागाईँ

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा गणेश प्रसाद गुरागाईँ निर्वाचित भएका छन् । 

    शनिवार काठमाडौंमा सम्पन्न काठमाडौं महानगरको तेस्रो अधिवेशनले गुरागाईँको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

    त्यस्तै खुला उपाध्यक्षमा प्रदिप कुमार घिमिरे, महिला उपाध्यक्षमा शान्ता मरासिनी, सचिवमा बाबुराम शर्मा, कोषाध्यक्षमा मिना कँडेल, सहसचिवमा शारदा केसी र सहकोषाध्यक्षमा देवकी देवी न्यौपाने निर्वाचित भएका छन् ।

    सदस्यहरुमा अनन्त पौडेल, मधु लामा, सुमित रन्जित, धिरज सापकोटा, मोहन प्रसाद दाहाल, नारायण प्रसाद भट्टराई, तुलसा गुरागाईँ, सनिता शिवाकोटी, शुभद्रा दनाई, शिव कुमार तिमल्सिना, प्रेमकृष्ण पाठक रहेका छन् । 

    यसअघिका अध्यक्ष माधव प्रसाद ओली रहेका थिए । समितिको कार्यकाल ३ वर्षको हुनेछ । 

    अधिवेशनको अवसरमा पारेर काठमाडौँ महानगरभित्रका १५ उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको थियो भने त्यहाँ कार्यरत उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो। 

    काठमाडौँ महानगर शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जन र नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार एवं जिफन्टका महासचिव लक्ष्मण शर्माले शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन सुझाव प्रदान गरेका थिए । 

    २०८१, माघ २७ आइतवार१०:४८:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार