एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने

एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने

२०८१, फाल्गुण ६ मंगलवार

  • 693
    SHARES

  • एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका ६ वटा अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको पार्टीको सचिवालय बैठकले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

    एकीकृत समाजवादीका राष्ट्रिय सभामा ८ र प्रतिनिधि सभामा दश जना सांसद छन्।

    अध्यादेश स्वीकृतिका लागि सत्तापक्षसँग प्रतिनिधि सभामा पर्याप्त बहुमत भए पनि राष्ट्रिय सभामा भने बहुमत छैन।

    एकीकृत समाजवादीलाई समेत अध्यादेशको पक्षमा उभ्याउने तयारी सत्तापक्षले गरिरहेका बेला पार्टीको स्थायी समिति बैठकले नै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

    यद्यपि निर्णय गर्दा सर्वसम्मत भने नभएको समाजवादी स्रोतले बतायो । 

    २०८१, फाल्गुण ६ मंगलवार०८:१७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार