काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) को नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।
नयाँ नेतृत्व चयनसँगै निजी विद्यालयहरुको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्धन तथा शैक्षिक नीतिगत सुधारका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्विरोध चयन भएका अध्यक्ष सुवास न्यौपानेले आफूले निजी विद्यालयहरूको हकहितका साथै गुणस्तरीय शिक्षाका लागि आवश्यक नीति तथा सुधारका विषयमा सरकारसँग सहकार्य गर्ने बताए। उनले विद्यालयहरूको समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
यसअघि नेतृत्व सम्हालेका पदाधिकारीहरूले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै संगठनको लक्ष्यअनुसार कार्य गर्न आग्रह गरेका छन्।
अन्य पदाधिकारीहरू यस प्रकार छन्:
वरिष्ठ उपाध्यक्ष (५ जना) : जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, शम्भु कुमार अधिकारी
उपाध्यक्ष (७ जना) : बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार मोची, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल
महासचिव : प्रकाश चन्द्र खड्का
कोषाध्यक्ष : खड्क बहादुर बस्नेत
उपमहासचिव (३ जना) : बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, सत्येश बहादुर चन्द
सचिव (९ जना) : सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, वेद प्रसाद पन्त
सह-कोषाध्यक्ष (२ जना) : सुमन कुमार चौधरी, कल्पना काफ्ले (भुषाल)
सदस्य (२५ जना) : हिक्मत दाहाल, नेत्र प्रसाद न्यौपाने, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन खड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, पुरूषोत्तम बस्याल, सुदिप कुमार कार्की र गेहेन्द्र लामा ।
निर्वाचन समिति सदस्यहरू धनराज तामाङ, प्रमोद रेग्मी, र संयोजक सुमन कुमार के।सी।ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
तर, नेसनल प्याब्सन अहिले दुई धारमा विभाजित देखिएको छ। पाण्डव हमाल नेतृत्वको समूहले समानान्तर रूपमा वीरगञ्जमा महाधिवेशन आयोजना गरिरहेको छ। वीरगञ्जमा भएको महाधिवेशनमा सहभागीता न्यून रहेको देखिए पनि काठमाडौँमा उल्लेख्य सहभागीता रहेको छ।
दुई समूहबीचको विभाजनले नेसनल प्याब्सनभित्र विवाद चुलिएको संकेत गर्छ। संगठनमा एकता कायम गर्ने वा विभाजन झनै गहिरिने भन्ने प्रश्न अझै पेचिलो बनेको छ।