केपी ओली कप फुटबलमा मच्छिन्द्रको ह्याट्रिक, आर्मी २ - ० ले पराजित

केपी ओली कप फुटबलमा मच्छिन्द्रको ह्याट्रिक, आर्मी २ - ० ले पराजित

२०८१, फाल्गुण १९ सोमवार

  • 777
    SHARES

  • केपी ओली कप फुटबलमा मच्छिन्द्रको ह्याट्रिक, आर्मी २ - ० ले पराजित

    काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र क्लबले ह्याट्रिक गरेको छ।

    सोमबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय क्लब आर्मीलाई २-० ले हराउँदै तेस्रो संस्करणको उपाधि हात पार्‍यो।

    यसअघि मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा ५-३ को जित निकाल्दै च्याम्पियन बनेको थियो।

    त्यस्तै, दोस्रो संस्करणमा एनआरटीलाई हराएर मच्छिन्द्रले उपाधि जित्दा ह्याट्रिक गर्ने क्रममा आर्मीलाई यो पटक पराजित गर्न मच्छिन्द्र सफल भयो।

    मच्छिन्द्रले खेलमा पहिलो हाफमा आत्माघाति गोलमार्फत अग्रता लियो। २९ ‍औं मिनेटमा एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठको क्रसलाई आर्मीका डिफेन्डर विमल पाण्डेले क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा आर्मी खेलमा पछि पर्न पुगेको थियो।

    दोस्रो हाफमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। ७२ औँ मिनेटमा मच्छिन्द्रका लागि स्टेफन जमाहाले अग्रता दोब्बर बनाए। उनले मल्लिक युसुफको आकर्षक पासलाई सदुपयोग गरे।

    प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ प्राप्त गर्दा उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ।

    नेपाली फुटबलको जादु हेर्न दशरथ रंगशालामा इटालियन महान फुटबलर जियानलुइजी बुफोन समेत आएका थिए। उनको आगमनले १५ दिन अगावै देखिको कौतुहलतालाई समेत शान्त पारेको थियो । 

    त्यस्तै, मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मच्छिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिसले नगद एक लाखसहित यमाहा-१२५ मोटरसाइकल हात पारे ।

    उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्त्रिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । 

    २०८१, फाल्गुण १९ सोमवार१०:३५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार