दर्जन कम्पनीको सर्किट लाग्दै नेप्से २०७१ पुग्यो

दर्जन कम्पनीको सर्किट लाग्दै नेप्से २०७१ पुग्यो

२०७७, मंसिर १७ बुधवार

  • 1.3K
    SHARES

  • दर्जन कम्पनीको सर्किट लाग्दै नेप्से २०७१ पुग्यो

    मंसिर १७, काठमाडौं ।

    आज एक दर्जन कम्पनीको सर्किट लाग्दै नेप्से ७० अंकले बढेर २०७१ अंकमा बन्द भएको छ । लगातार बढिरहेको बजारले छलांग मार्ने क्रम जारी छ । दिनभर ७७ अंकसम्मको उकालो चढेको बजार ७० अंक बढेर बन्द भएको हो। 

    आज जनउत्थान सामुदायिक लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, मिथिला लघुवित्त, हिमालयन डिस्टिलरी, विजय लघुवित्त, सान्जेन जलविद्युत, नेरुडे लघुवित्त र साना किसान लघुवित्त, विशाल बजार कम्पनी, एनआरएन लघुवित्त, नेपाल टेलिकम, उन्नति लघुवित्त, नेको इन्स्योरेन्स, साधना लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक बढेको छ। ३४ कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

    व्यापार, बैंक सेक्टरमा खासै बृद्धि नभए पनि नेपाल टेलिकम सूचीकृत अन्य समूहका साथै जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, लघुवित्तमा आज उल्लेखनीय बढोत्तरी भएको छ । 

    बैंकिङ समूह ६ अंकले उक्लियो। जबकी जीवन बीमा ६०८, उत्पादन ३०३, लघुवित्त २३२, निर्जीवन २४४ अंकले बढेका छन्। बजारमा ७ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। 

    सर्वाधिक सेयर कारोबार हुँदै आएको रिइन्स्योरेन्स १० नम्बरमा पुगेको छ। ४५ देखि ५५ प्रतिशतको बीचमा नगद लाभांश दिँदै आएको नेपाल टेलिकमको ४० करोडको किनबेच भएको छ।

    २०७७, मंसिर १७ बुधवार०३:५९:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार