पूर्वराजा शाहको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै, सुरक्षा व्यवस्था बनाइयो कडा

पूर्वराजा शाहको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै, सुरक्षा व्यवस्था बनाइयो कडा

२०८१, फाल्गुण २५ आइतवार

  • 653
    SHARES

  • पूर्वराजा शाहको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै, सुरक्षा व्यवस्था बनाइयो कडा

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

    पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ ।

    सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । अन्य प्रदर्शन भन्दा अधिक मात्रामा सुरक्षा फोर्स खटाइने तयारी रहेको सुरक्षा स्रोतले जनायो । 

    राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्।

    उनीहरूले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।

    लामो समयदेखि पोखरा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि राप्रपा, राप्रपा नेपाल, राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ति नेपाल, शिव सेना नेपाल, एटिएफ, आरटिएफ, वीर गोर्खाली अभियानलगायत राजा तथा हिन्दूवादी समूहले आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम गर्दैछन्।

    स्वागत कार्यक्रममा केही प्रमुख नेताहरू भने एयरोर्टमा जाने तर धेरै जनता हुने भएकोले एयरपोर्ट बाहिरको मुख्य गेट बाहिर लामबद्ध रहने ज्ञानेन्द्र शाहीले जानकारी दिए।

    उनले भने, ‘एयरपोर्टबाट उहाँ बाहिरिएपछि गौशाला, चावहिल, महाराजगञ्ज हुँदै निर्मल निवाससम्म र्‍याली जानेछ।’ सरकारको १० हजार अनुमान भए पनि आज राजाको स्वागतमा सरकारको अनुमान भन्दा बढी हुने उनले बताए।

    २०८१, फाल्गुण २५ आइतवार०९:५४:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार