ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली

२०८१, फाल्गुण २६ सोमवार

  • 725
    SHARES

  • ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताए।

    सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उनले बताए।

    ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस्। नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्। यो उद्योग होइन। अत्यधिक मुनाफा ननिकाल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस्। दक्ष र कुशल नागरिक उत्पादन गर्नुस्। लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन। सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस्।’

    २०८१, फाल्गुण २६ सोमवार१०:४२:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार