काठमाडौंको टोखामा ट्रकबाट २० करोड रकम बरामद, एकजना पक्राउ

काठमाडौंको टोखामा ट्रकबाट २० करोड रकम बरामद, एकजना पक्राउ

२०८१, चैत्र ४ मंगलवार

  • 781
    SHARES

  • काठमाडौंको टोखामा ट्रकबाट २० करोड रकम बरामद, एकजना पक्राउ

    काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो ।

    पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

    ना.१ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रूपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको बस्नेतले बताएका छन् ।

    प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।

    -रासस

    २०८१, चैत्र ४ मंगलवार११:३६:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार